धनगढी, १६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी एमालेले कैलालीको गौरीगगा नगरपालिकामा प्रथम अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशनले शान्ति सिहको अध्यक्षतामा अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति पाएको छ । उपाध्यक्ष पदम बहादुर ऐर, सचीव अमर छन्तेल, उपसचिव खेमानन्द पौडेल र प्रमे बिक रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
