धनगढी, १४ कार्तिक । सुदूरपश्चिम प्रदेशको आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सत्तापक्षका (एकीकृत समाजवादी) पाटीका संसदीय दलका नेता तथा मन्त्रिपरिषद् सदस्य दीर्घ सोडारी अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको बताइएको छ।
आज २ बजे बैठक बोलाइएको थियो। अब भोलि १२ बजेका बैठक आह्वान गरिएको प्रदेश सरकारी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।