धनगढी, १२ कार्तिक/धनगढी जेसिजले ‘जेसिज सप्ताह’ अन्तरगत शुक्रबार धनगढीमा मोटरसाइकल र साइकलको स्लो रेश प्रतियोगिता गरेको छ । धनगढीको कभर्डहल नजिकको सडकमा स्लो रेश प्रतियोगिता गरेको हो ।
पछिल्लो समयमा बढ्दो सडक दुर्घटनाका घटना बढ्न थालेपछि सहज र सुस्त गतिमा सवारी साधन चलाउनु पर्ने चेतना जगाउन जेसीजले स्लो रेश प्रतियोगिता सञ्चालन गरेको प्रतियोगिता संयोजक आशिष शाहले जानकारी दिए । प्रतियोगितामा मोटरसाइकलमा २२ र साइकलमा १८ जनाले सहभागिता जनाएका थिए । सहभागी मध्ये प्रथम, द्धतिय तृतीय भएकाहरुलाई जेसीज सप्ताहको अन्तमा पुरस्कृत गरिने भएको कार्यक्रम संयोजक मनिस कुँवरले बताएका छन् ।