जगत देउवा
धनगढी, १२ कार्तिक/धनगढीको सुदूरपश्चिम ११ स्पोर्टस् क्लव भारतको झारखण्डामा प्रतियोगिताका लागि त्यस तर्फ प्रस्थान गरेको छ । भारतको झारखण्ड प्रदेशको छतरा जिल्ला फुटवल संघको आमन्त्रणमा नेपालको तर्फबाट सुदूरपश्चिम ११ स्पोर्टस् क्लव कार्तिक १२ गते भवानीपुर एफसी कलकत्ता भारतसंग भिड्ने छ । झारखण्डाको जहेरुलाल नेहरु स्टेडियम छतरामा हुने प्रतियोगिताको सुदूरपश्चिम ११ स्पोर्टस् क्लवलाई सिधै सेमिफाईनल खेल्ने मान्यता दिएको क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
फिलिप तामाङको कप्तानिमा लोकेश चौधरी, सौगात अग्रवाल, बिर धामी, राहुल चौधरी, मनोज चौधरी, प्रेम बिक, गणेश धामी, राजेन्द्र गडाल, सुरेन्द्र राना, निरज खाती, निक्नाेर तामाङ, असोक चौधरी, सुरेश चौधरी, भरत साँउद । उमेश चौधरी सुदूरपश्चिम ११ स्पोर्टस् क्लवका तर्फबाट खेल्ने टिम म्यानेजर अनिल कठायतले जानकारी दिए । छतरा जिल्ला फुटवल संघ अध्यक्ष सबिर हुसैनको आमन्त्रणमा सुदूरपश्चिम ११ स्पोर्टस् क्लव भारतको झरखण्डमा प्रतियोगिता खेल्न गएको हो ।
सुदूरपश्चिम ११ स्पोर्टस् क्लवको टिमलाई शुक्रबार एक कार्यक्रम बिच भारतको झरखण्डाका लागि बिदाई गरिएको छ । कैलाली जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ललित खत्री, कैलाली फुटवल संघका अध्यक्ष मोहित कुमार शाह, सुदूरपश्चिम ११ स्पोर्टस् क्लवका अध्यक्ष सुरेश हमालले बिदाई गरि खेलाडीलाई जितको शुभकामना दिएका थिए ।