• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीको गौरीगंगा स्थित एमाले पार्टी कार्यालय प्रशासनको कब्जामा, सिडिओ दलको कार्यकर्ता बनेको आरोप

धनगढी, १० कार्तिक । कैलालीको गौरीगङ्गा नगरपालिका– १ चौमालास्थित नेकपा एमाले पार्टी कार्यालयलाई जिल्ला प्रशासन कार्यालय कैलाली कब्जामा लिएको छ । एमालेको पार्टी कार्यालयलाई नेकपा एकीकृत समाजवादीले पनि दावी गरेको थियो ।

सोमबार एमाले केन्द्रीय सदस्य तथा कैलालीकी सहइञ्चार्ज लीला भण्डारीले उक्त कार्यालय उद्घाटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा एकीकृत समाजवादीले तालाबन्दी गरेपछि विवाद बढेको हो ।

मंगलबार एमालेले ताला फोडेको थियो । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले तालाबन्दी गरेको हो ।

एमालेका नेता कार्यकर्ताहरूले कार्यालयमा लगाइएको ताला फोडिसकेपछि प्रशासनले कब्जामा लिएको एमाले गौरीगङ्गा संयोजक शान्ति सिंहले बताइन् । ‘हामीले हाम्रो पार्टी हो, अरू कसैले कब्जा गर्न खोजे प्रशासनले सहजीकरण गर्नु पर्छ’ उनले भनिन्, ‘प्रशासनले नै हाम्रो कार्यालय कब्जा गरेको छ । ’

नेकपा एमालेका कैलाली इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले पनि प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा एमाले पार्टी कार्यालय प्रशासनले कब्जा गरेको बताए ।

‘भर्खरै आएका नयाँ सिडिओले पार्टीको कार्यकर्ता जस्तो व्यवहार देखाएका छन्’ उनले भने ‘सम्बन्धित पार्टीलाई पार्टी कार्यालय दिनुपर्नेमा सिडिओकै निर्देशनमा तालाबन्दी गर्नु निन्दनीय छ ।’ उनले सरकारको रवैयामा सिडिओले एमालेमाथि दमन गर्न खोजेको बताए ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले भने एमाले र नेकपा एसका कार्यकर्ताका बीचमा भवन प्रयोगका विषयमा विवाद हुँदा झडपको खतरा बढेकाले प्रशासनले नियन्त्रणमा लिएको बताए । ‘हाम्रो काम कार्यालय बाडफाट गर्ने होइन’ उनले भने, ‘मुठभेड नहोस् भनेर त्यस्तो गरिएको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी थापाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले दुवै पक्षलाई भवन प्रयोग गर्न नदिने निर्णय गर्दै ताला लगाएको हो ।

यता नेकपा एकीकृत समाजवादीले पनि ठूलो विवाद नरहेको जनाएको छ । सामान्य विवादमा ठूलो लफडा गर्नु उपयुक्त नरहेको नेकपा एकीकृत समाजवादीका नगर उपसचिव गणेश साउदले बताए ।

‘भोलि उहाँहरू ९एमाले०ले नै लैजानु होला । यहाँ लड्नुपर्ने कुरा केही छैन ’ उनले भने । पार्टी कार्यालयमा लगाएको ताला एमालेका कार्यकर्ताहरूले फोडेपछि प्रहरीले पुन तालाबन्दी गरेको उनी बताउँछन् । उनले उपल्लो तहबाट यसको समाधान खोज्नुपर्ने बताए ।

पार्टी कार्यालयमा तालाबन्दी गरेको नेकपा एकीकृत समाजवादीले उक्त कार्यालय एमालेकै रहेको स्वीकार गरेको छ । यता प्रशासनले भने सम्बन्धित पार्टीलाई कार्यालय व्यवस्थापन गर्न दिनुभन्दा कब्जा गरेपछि थप विवाद बढ्ने देखिएको छ ।

अहिले कार्यालयमा प्रहरीले सुरक्षा दिइरहेका छन् ।

बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.