जगत देउवा,धनगढी, ७ कार्तिक/राजधानीमा भैरहेको राष्ट्रिय नगर स्तरीय उम–मेयर कप महिला फुटवल प्रतियोगिताका लागि धनगढीको टिमलाई बिदाई गरिएको छ ।आईतबार धनगढी उपमहानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्टले धनगढी नगरको महिला टिमलाई बिदाई गरेकी हुन् ।
खेलाडीलाई बिदाई गर्दै उपमेयर भट्टले प्रतियोगितामा राम्रो प्रदर्शन गरेर धनगढीको नाम राख्न समेत शुभकामना व्यक्त गरिन् । खेलाडी राष्ट्रिका गहाना भएकाले अनुशासित भएर खेलमा सहभागि हुन उनको भनाई थियो ।
अखिल नेपाल फुटवल संघको आयोजनामा राजधानीमा आयोजित फुटवल पूतियोगितका लागि रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् ।
देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् । धनगढी १० गते पहिलो खेल धनकुटा संग खेल्ने छ भने १२ गते गोकर्णेश्वर नगरपालिका काठमाण्डौ संग दोस्रो खेल खेल्ने छन् ।
