काठमाण्डौ ३१ असोज/नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धरको उमेर ५० नाघिसकेको छ। तर उनी त्यति वर्षकी जस्तो लाग्दिनन्। उनको सदाबहार सुन्दरता देख्दा जो कोही आश्चर्यमा पर्छन्।
उनको सक्रियता पनि कुनै युवाको भन्दा कम छैन। भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेकी नायिका करिश्मा सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिर सेयर गरिरहन्छिन्। यसै क्रममा बुधबार उनले सारीमा आफ्नो सुन्दरता प्रस्तुत गरेकी छन्।