• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

थारु गाँउमा सखिया नृत्यको रौनक हराउँदै

कञ्नपुर ३१ असोज/दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ। कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ।कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए।

‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ’, उनले भने, ‘त्यसैले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएका छौं।’गाउँका अधिकांश व्यक्ति व्यावसायीक कार्यमा सङ्लग्न भएकाले पनि पहिला जस्तो सबैसँग फुर्सद नहुँदासमेत नृत्यको पहिला जस्तो महत्व नरहेको उनले बताए।

उनका अनुसार पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पट्यार लाग्ने भएपछि हाल सखिया नृत्य छोटो अवधिमा देखाइने अर्को कारणका रुपमा रहेको छ।

‘धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा बुढापाकाकोे अटुट आस्था र धार्मीक विश्वास रहेकाले हालसम्म जोगाउन सकिएको छ’, उनले भने, ‘सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको सखिया नृत्य जोगाउनका लागि युवा पनि सक्रिय भएर लागेका छन्।’सामुहिकरुपमा देखाइने सखिया नृत्य गाउँका घर घरमा गएर देखाउने चलन थारु समुदायमा रहेको छ। थारु गाँउका भलादमी, बडघर, गुरुवा, केसौका आदीको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ।

गुरुवा झांक्रीले तान्त्रीक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ।सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ। नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ। नृृृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ।

मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ। अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बुद्धिराम चौधरीले बताए। नृत्यमा गीत गाउने महिलाको अगुवाई गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ।मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ। नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य गर्दछन। जसलाई थारु भाषामा खोट पैंया भन्ने गरिएको छ।

पैंया २२ प्रकारको हुने गरेको भएपनि हाल मदारीले आफैँ सृजना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्ने थारु अगुवाको भनाइ रहेको छ। यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरिरलाई मोडेर विभिन्न मुद्रामा पेश गर्नुपर्ने हुन्छ। सप्तमीको दिनसम्म रातिको समयमा निश्चितस्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ।

अष्टमीको रातभरि आयोजना गरीने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको उल्लेख गर्दै थारु संस्कृतिका जानकार धनबहादुर चौधरीले भने, ‘यस दिन थारु समुदायले कुभिण्डोको भेडा बनाइ बलि दिने परम्परागत चलनसमेत रहेको छ।’पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्य हुनेभएपनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गि ऐना जडान गरेका लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन्।

हातमा मैजरी लिएर मादलको तालसँर्गै महिलाले बजाउनेसमेत गर्दछन्। अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई नवमी र दसैँमा दिउँसो नाच्ने गरिन्छ। दिउँसोपख नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लिलालाई आफनै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन्।यस नृत्यलाई दसैंका दिन धनी, गरिव, गाउँका मान्यजन सबैका घर घरमा गएर देखाउने भएकाले विगतका रिसराग विर्सीएर सबैले हेर्ने गर्दछन्। बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ। रासस

आइतबार, असोज ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.