• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विश्व दृष्टि दिवस : देशभर कम अन्धोपन सुदूरपश्चिम प्रदेशमा

धनगढी, २८ असोज । सुदूरपश्चिम प्रदेश कम अन्धोपन भएको प्रदेश रहेको छ । पछिल्लो १२ वर्षपछि प्रदेशको गेटा आँखा अस्पतालले गरेको तेस्रो सर्वेक्षणमा देशभरमै कम अन्धोपन भएको प्रदेश पाइएको हो ।प्रदेशमा ४० वर्षदेखि गेटा आँखा अस्पताल संचालन भएपछि अन्धोपन र मोतिविन्दुको समस्यामा सुधार हुँदै आएको जनाइएको छ ।

प्रदेशमा आँखाका बिरामीको अवस्था, आँखा रोग संक्रमणको कारण लगायतका पक्षबारे जानकारी प्राप्त गर्न र आँखा अस्पतालको आगामी कार्यक्रम, नीति तथा गुरुयोजना निर्माणमा मद्दत पुर्‍याउने उद्देश्यले २०७७ मा तेस्रो पटक अन्धोपनको सर्वेक्षण गरिएको थियो ।

सो सर्वेक्षण अनुसार प्रदेशमा ५० वर्षमाथि उमेर समुहका कुल जनसंख्यामध्ये शून्य दशमलब छ प्रतिशतमा अन्धोपनको समस्या देखिएको थियो । २०६५ सालमा प्रदेशको कुल जनसंख्यामध्ये शून्य दशमलब ४१ प्रतिशत दृष्टिविहिन थिए । प्रदेशमा २०६५ मका मोतिविन्दुको समस्या रहेका ६२ प्रतिशतमा पाइएको थियो । सो संख्या पनि घटेर अहिले ३६ प्रतिशतमा झरेको छ ।

आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीन वटा टोली गठन गरेको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले प्रदेशका नौ वटै जिल्लाका एक सय ३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरेको थियो ।
उनका अनुसार नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समुहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समुहलाई समेटिएको थियो । उनले भने– ‘सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारण लगायतबारे सर्वेक्षण गरिएको छ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार छ सय २० जनालाई समावेश गरिएको छ ।’

आँखा अस्पतालले विद्यालयमा आधारित विद्यार्थीहरूको दृष्टीदोष बारे पनि सर्वेक्षण गरेको थियो । अस्पतालले धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पाँच देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई समावेश गरेर दृष्टीदोषबारे सर्वेक्षण गरिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यस क्रममा प्रदेशको सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा सून्य दशमलव आठ प्रतिशत जनसंख्यामा अन्धोपना देखापरेको थियो ।

बाह्य कार्यक्रम व्यवस्थापक भट्टका अनुसार ३८ वर्ष अघि गरिएको पहिलो सर्वेक्षणमा अन्धोपनको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो । उनका अनुसार सन् १९८१ मा गरिएको सर्वेक्षणले कुल अन्धोपन मध्ये ७२ प्रतिशत मोतिबिन्दूका कारण रहेको पाइएको थियो ।

सुदूरपश्चिम प्रदेशमा अन्धोपनको तथ्यांकलाई आधारमा मानेर सुधार ल्याउन कैलालीको गोदावरी नगरपालिकामा गेटा आँखा अस्पतालको स्थापना गरिएको थियो ।

समुदायमा आधारित आँखाको उपचारात्मक, प्रतिरोधात्मक तथा प्रवद्र्धनात्मक सेवा प्रदान गरि गेटा आँखा अस्पतालले सन् २००८ मा गरिएको सर्वेक्षणमा अन्धोपनमा सुधार भएकोे जनाएको थियो । सन् २००८ मा गरिएको सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा अन्धोपनको अवस्थामा सुधार आएर सून्य दशमलव ४१ प्रतिशतमा झरेको तथ्यांक रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा दोस्रो पटक अर्थात् सन् २००८ मा गरिएको अन्धोपनको सर्वेक्षणमा प्रदेशमा अन्धोपनको प्रमुख कारण जलविन्दु रहेको पाइएको थियो । १२ वर्ष अघि गरिएको दोस्रो सर्वेक्षण प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा ६२ प्रतिशत अन्धोपनको मुख्य कारण जलविन्दु रहेको उल्लेख थियो । सन् १९८१ को सर्वेक्षणमा अन्धोपनको दोस्रो कारणका रुपमा रहेको ट्रकोमा दोस्रो पटकको सर्वेक्षणसम्म आइपुग्दा निकै कममा झरेको पाइएको थियो ।

हाल नेपालमा एक लाख बढी मानिस दृष्टीबिहीन रहेको र प्रत्येक वर्ष २५ हजार नया“ दृष्टीबिहीन थपिने गरेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले जानकारी दिए ।

उनका अनुसार नेपालमा छ लाख मानिसहरूको दृष्टी क्षमता कमजोर रहेको छ । दृष्टि क्षमता कमजोर रहेकामध्ये महिलाको संख्या ५५ प्रतिशत रहेको छ । नेपालमा सन् २०११ मा गरिएको सर्वेक्षणमा कुल जनसंख्याको सून्य दशमलब ३५ प्रतिशतमा अन्धोपन देखिएको जनाइएको छ ।

विश्वमै अन्धोपनको मुख्य कारण अहिले दृष्टिदोष रहेको छ । संसारमा कुल २५ करोड ३० लाख मानिसहरू अन्धोपन तथा न्यूनदृष्टीबाट पीडित रहेका छन् । तथ्यांक अनुसार तीन करोड ६० लाख मानिसहरू दृष्टीबिहीन छन् ।

प्रत्येक पाँच सेकेन्डमा एक जना व्यक्ति दृष्टिबिहीन हुने गरेको छ । विश्वमा ८२ करोड ६० लाख मानिसको नजिकको दृष्टि कमजोर रहेको तथ्यांकले देखाएको छ । त्यस्तै, अन्धोपन तथा न्यून दृष्टिबाट पीडित ९० प्रतिशत मानिसहरू विकासोन्मुख देशमा बसोबास गरिरहेका छन् ।

बिहिबार, असोज २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.