धनगढी, २३ भाद्र
नेपाली काँग्रेस कैलालीले आफ्नो सबै संघिय तथा प्रदेश निर्वाचन क्षेत्र अनुसार कैलालीमा पनि सबै निर्वाचन क्षेत्रमा छुट्छुटै समिति गठन गरेको छ । संगठन स्थानीय तह संगठन पुनर्संरचना अनुसार काँग्रेस कैलालीले सबै क्षेत्रमा आफ्नो समितिलाई पुर्णता दिएको हो । नेपाली काँग्रेस कैलालीको जिल्ला कार्यसमितिको बैठक पछि २२ गते भित्र सबै समितिलाई पुर्णता दिई सक्नुपर्ने निर्णपछि सबै क्षेत्रमा समितिलाई गठन गरिसकेको हो
कैलालीको संघीय सभा निर्वाचन क्षेत्र नं १को समितिको सभापति भुवनेश्वर अधिकारी, प्रदेश सभा क्षेत्र (क)को( सभापति रामकृष्ण चौधरी र प्रदेश सभा क्षेत्र (ख)को सभापति प्रकाश शाह, संघीय सभा निर्वाचन क्षेत्र नं २को सभापति भक्तबहादुर थापा प्रदेश सभा (क) क्षेत्र सभापति डम्बर भण्डारी र प्रदेश सभा (ख) क्षेत्र ( सभापति तेजप्रताप मल्ल, संघीय सभा निर्वाचन क्षेत्र नं ३को सभापति खेमराज डगौरा थारू, प्रदेश सभा (क)क्षेत्र सभापति जीवनप्रसाद श्रेष्ठ र प्रदेश सभा (ख) क्षेत्र सभापति लक्ष्मण शाही, संघीय सभा निर्वाचन क्षेत्र नं ४को सभापति दिनेशराज जोशी, प्रदेश सभा (क) क्षेत्र सभापति दलबहादुर साँवद र प्रदेश सभा (ख)क्षेत्र सभापति खेमबहादुर साँवद, संघीय सभा निर्वाचन क्षेत्र नं ५ सभापति हरिश खडका, प्रदेश सभा (क) क्षेत्र सभापति कुम्भराज गिरि र प्रदेश सभा क्षेत्र (ख) सभापति कलावती जोशी चयन भएका छन् ।कैलालीमा ६ क्षेत्र अनुसार क्षेत्रिय समिति र सभापति थिए ।
अहिले पछिल्लो संघिय संरचना अनसार केलालीका ५ संघिय निर्वाचन क्षेत्र १० प्रदेश सभा निर्वाचन क्षेत्र भए अनुसार काँग्रेसले पनि सोही अनुरुप समिति निर्माण गरेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जानकारी गराए । कैलालीको निर्वाचन क्षेत्र ३ र ४ क्षेत्रको समायोजन पछि ३का सभापति जिवनराज श्रेष्ठ र ४का सभापति खेमराज चौधरी बिच पार्टी भित्र जेष्ठताका आधारमा चौधरी ४को संघिय सभापति भए भने जीवनप्रसाद श्रेष्ठ प्रदेश सभा सभापति भए ।