धनगढी, २५ असोज/धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले सबै भन्दा बढी बिकासका योजना वडा नम्बर ६मा भएको दाबी गरेका छन् ।
उपमहानगरपालिका ५ जालीमा न्यु उपदेश युवा कल्व धनगढीले आयोजना गरेका मैत्रीपुर्ण फुटवल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै सो कुरा बताएका हुन् । आफु वडा नम्बर ६ कै नागरिक भएकोले सबै भन्दा बढी बिकसका कार्यक्रम यसै क्षेत्रमा हालेको मेयर वडले बताए ।
पहिले ६ नम्बर वडा अबिकसीत वडा रहेको बताउदै आफु मेयर भएर निर्वाचित भए संगै बिकासको ढोका खेलेको बताए । वडा भरी सडक पिच, खेलकुद मैदान, खोनेपानी योजना निर्माण गरेको उनको भनाई छ । अर्को प्रशंगमा खेलबाटै समाजको बिकास हुनुको साथै थुप्रै अबसर प्राप्त हुने भएकोले खाली समय खेर पाल्नुभन्दा खेलमा लाग्न उनको युवाहरुलाई अनुरोध गरे । न्यु उपदेश युवा क्ल्वका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड रहेका थिए ।
क्लवका सदस्य बिदेश चौधरीले संचालन गरेको कार्यक्रममा धनगढी वडा नम्बर ६का वडा अध्यक्ष भागिराम चौधरी, नेपाली काँग्रेसका महासमिति सदस्य तथा युवा नेता क्षितिज भण्डारी, बासुदेवी उच्च माविका अध्यक्ष प्रकाश शाही लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सात टिम सहभागि रहेको प्रतियोगिता चार दिन सम्म चल्ने छ । क्लवले बिगत १० बर्ष देखी दशैको अबसरमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ ।