काठमाडौं, १९ असोज । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको ९एनएएनएफ कल साइन भएको क्यु४००–८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ ।
जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ । विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो ।
जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए ।
