• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमालेमा अध्यक्षसहित १५ पदाधिकारी

काठकाण्डौ, १८ असोज । नेकपा एमालेको विधान महाधिवेशन आगामी नेतृत्वको रुपरेखा तय गर्दै आइतबार सम्पन्न भएको छ। महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र ४५ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय गरेको छ। पहिलो पटक आयोजित विधान महाधिवेशनमा धेरैभन्दा धेरै प्रतिनिधि ल्याएर छलफल गरिएको भए पनि हलबाट आएका सुझावमध्ये आधाजतिलाई मात्रै सम्बोधन गरेर विधान पारित भएको छ ।

आगामी निर्वाचनलाई समेत लक्षित गरेर पदाधिकारीको संख्या हेरफेर गरिएको छ। नवौं महाधिवेशनबाट दुई वरिष्ठ नेताको पद तय गरिएको थियो, यसपटक हटाइएको छ। उपमहासचिव दुईजना भएकोमा अब एकजनामात्रै रहनेछन्। अहिलेको संशोधित विधानमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिएको छ।

पाँच सचिवबाट बढाएर सात सचिव बनाइएको छ। यसअघि हलमा ६ सचिव प्रस्ताव गरिएको थियो। हलबाट सात उपाध्यक्ष, सात सचिव तथा तीन उपमहासचिवको व्यवस्था गर्न सुझाव दिइएको भए पनि नेतृत्वले त्यसलाई बेवास्ता गरिदिएको छ ।

गाउँपालिका प्रमुख, उपप्रमुखसहित जननिर्वाचित प्रतिनिधिहरूलाई समेत महाधिवेशनको प्रतिनिधि बनाएर आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक सङ्गठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटीलाई निर्देशन दिँदै विधान महाधिवेशनले केन्द्रमा चुस्त कमिटी बनाउने भनेर पोलिटब्युरो खारेज गरेको छ ।

एमालेले पार्टीमा एक अध्यक्ष, एक वरिष्ठसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी रहने गरी विधान पास गरेको छ। उनीहरू सबै निर्वाचित हुनेछन्। अहिले पास भएको विधानमा नेकपाकालीन सचिवालयको व्यवस्था गरिएको छ।

सबै निर्णयहरू त्यही सचिवालयले लिनेछ र स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ। उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनमा प्रतिनिधिले उठाएको प्रश्न र दिएको सुझावका आधारमा नयाँ परिमार्जित विधान प्रस्ताव गर्दै हलबाट अनुमोदन गर्न आग्रह गरेपछि विधान पास भएको थियो।

विधानमा केन्द्रीय सदस्य हुन तोकिएको योग्यतामा पनि संशोधन गरिएको छ। केन्द्रीय सदस्य हुन पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ। त्यस्तै केन्द्रीय सदस्य बन्न केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएको व्यक्ति योग्य हुने गरी संशोधन भएको छ।

ओलीलाई सहज

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुनेगरी विधान संशोधन गरिएको छ। एमालेले ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गर्दै सहज बनाएको हो। ७० वर्षको उमेर हदबारे व्याख्या गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भए पनि पूर्ण कार्यकाल काम गर्न पाउने बताए।

यो व्याख्याले आगामी दसौं महाधिवेशनमा अध्यक्षमा ओली निर्वाचित भए उनी पूर्ण कार्यकाल अध्यक्ष पदमा रहन पाउनेछन्। ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउनेछ। कार्यकालको बीचमै ७० वर्ष पुगे पनि पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था हुनेछ। ७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लगाएको छ’, उपमहासचिव पौडेलले भने।

त्यसैगरी एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था पनि विधान महाधिवेशनले पारित गरेको छ। यसअघि ७० वर्षको उमेर हदका कारण भरतमोहन अधिकारी र सिद्धिलाल सिंहलगायतका नेताहरूले पार्टीबाट राजनीतिक अवकाश लिएका थिए। विधान अधिवेशसन समापन गर्दै एमाले अध्यक्ष ओलीले दसौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गरे। महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

निर्वाचन आयोग गठन

एमालेको विधान महाधिवेशबाट आगामी दसौं महाधिवेशनका लागि विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग बनाइएको छ।

आयोगका सदस्यमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रीता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला छन्।

त्यसैगरी केवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमकला गैरे पनि आयोगको सदस्य रहेका छन् ।

सोमबार, असोज १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.