धनगढी, १७ असोज/कैलालीको गौरीगंगा नगरपालिका वडा न। ६ बनबेहडामामा एक दिने निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ।
गौरीगंगा नगरपालिका वडा न।६ को विशेष सहयोगमा गेटा आँखा अस्पताल र समृद्धि युवा क्लबको आयोजनामा आँखा शिविर सम्पन्न भएको हो ।
बिहान ८ बजेदेखी बेलुकाको ५ बजेसम्म सञ्चालन भएको आँखा शिविरमा अधिकांश जेष्ठ नागरिकले सेवा लिएको र सो शिबिरमा करिब ४ सय ९० जनाले सेवा लिएको सम्वृद्धि युवा क्लब का अध्यक्ष आशिष उपाध्यायले बताउनु भयो । हरेक एक महिनामा एउटा नयाँ कार्य क्लबले गर्दै आएको हुनाले यस महिनामा युवा क्लबले आँखा शिबिरको आयोजना गरेको अध्यक्ष उपाध्यायले बताउनु भयो ।
