• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भुमि अधिकार मञ्चद्धारा भुमि अधिकारका लागि छलफल तथा र्याली कार्यक्रम

कंचनपुर, १६ आश्विन/राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल र आत्मनिर्भर केन्द्र द्वारा सन्दर्भ बिश्व अहिंसात्मक दिवस को अवसरमा भुमि अधिकारका लागि छलफल तथा र्याली कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कृष्णपुर नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाको कार्यालय परिसर मा बृहत छलफल गरिएको थियो भने छलफल पश्चात गुलरिया बजार परिसरमा शान्तिपुर्ण र्यालीको समेत आयोजना गरिएको थियो । भूमिअधिकार मञ्च कंचनपुर का उपाध्यक्ष बिस्ना लुहार,कोषाध्यक्ष राजकुमारी थारु,सदस्य मा क्रमशः– अनु चौधरी,दल बहादुर बोहरा,टोल,वडा,गाउपालिका, नगरपालिका,जिल्ला स्तरका अगुवा पदाधिकारी, सदस्य सहित भूमिअधिकारकर्मिको सहभागितामा विश्व अहिंसात्मक दिवस मनाउदै आएको छ । भूमिअधिकार मञ्च कन्चनपुर का अध्यक्ष कर्ण बहादुर बानिया को सभाध्यक्षता मा कार्यक्रम सम्पन्न गरिएको थियो ।

भूमिअधिकार मञ्च नेपाल २०६१ साल मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौ मा दर्ता भई २०६३ साल देखि सुदुरपश्चिम प्रदेश को कञ्चनपुर जिल्ला बाट समेत औपचारिक रुपमा भुमि अधिकार मञ्च नेपालको मातहतमा रही भुमि समस्या,भूमिहीन,सुकुम्बासी समस्या,अव्यवस्थित बसोबास,आरक्ष पिडित,बाढि पिडित, मुक्त कमैया,हलिया लगायत पिडित पक्ष को ओकालत गर्दै आएको छ । २०६३ साल देखि अहिले सम्म शान्तिपुर्ण तवरले कार्यक्रमको आयोजना गर्ने र अहिंसाको बाटो मार्फत नै आफ्नो हक अधिकार को लागि आवाज उठाउने कार्यक्रममा सहभागी भूमिअधिकार मञ्च नेपाल सुदुरपश्चिम प्रदेश सचिव राम बहादुर चुनाराले बताए । मानिस मा उत्पन्न हुने जीतको चाहनाले विभिन्न खालका युद्ध र द्वन्द्व लाई बढाइहेको छ । द्वन्द्वलाई नकरात्मक रुपमा मात्र नलिइए पनि ठूला द्वन्द्वले धेरै जनधनको क्षतिहुने गर्दछ । मानव समुदाय र देशलाई पनि कमजोर बनाउँछ । अहिंसात्मक मार्गले मानिसहरू लाई मानव हुनुको अस्थित्व बोध गराउन पनि मद्दत गर्दछ ।

अहिंसावादीहरूले मानव अस्थित्वको संरक्षण गर १ भन्ने सन्देश दिन विख्यात अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर, सन् २००७ देखि हरेक वर्ष अक्टोबर २ लाई विश्व अहिंसात्मक दिवस मनाउन बाकी पृष्ठ २ मा सुरु गरिएको छ भनाई सहित प्रदेश सचिब राम बहादुर ले जनाउदै आयोजित कार्यक्रमको छलफल सहजीकरण गरेका थिए । राष्ट्रिय भूमिअधिकार मंच नेपाल र आत्मनिर्भर केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय भूमिअधिकार मंच कंचनपुर का सस्थापक अध्यक्ष पार्वती डगौरा ले स्थानीय तहले पिडितहरु को लागि आवाज लाई कहिले पनि नसुनेको र नसुने जस्तो गरेको दाबि गरेकी छिन । बाढि पहिरो र जंगली जनावरको सिकार हुदा सम्म स्थानीय तहको सरकारले भूमिअधिकार मंच को आवाज नसुनेको आरोप लगाए । एक मानब जातिले आर्को मानब जाति लाई गरिने ब्यावहार र सहकार्य बाट मात्रै मानब जातिको बिकास र उन्नति हुने दाबि गरिन ।

त्यस्तै कार्यक्रममा बोल्दै दयाअमरपुर भूमिअधिकार मंच का सचिब जगदीश दमाई,भेटघाट गाउ भूमिअधिकार मंच का अध्यक्ष बल बहादुर डागी कृष्णपुर् नगरपालिका स्तरीय भूमिअधिकार मंच अध्यक्ष काली चौधरी र रास्ट्रिय भूमिअधिकार मंच कन्चनपुरकी उपाध्यक्ष बिस्ना लुहारले स्थानीय सरकार देखि केन्द्र सरकार सम्म का सबै नेता कार्यक्रताहरुले हामि जस्ता भूमिहीन तथा सुकुम्बाही पिडित जनताको घर दैलोमा पुग्दै अनेकौ आस्वाशन र प्रलोभन मात्रै देखाउने,भोट को लागि बिन्ति बिसाउने थलो मात्रै बनाएको भन्दै आक्रोस पोखे । एक सरकारले गरेको काम आर्को सरकार लाई मन पर्दैन आर्को सरकारले गरेको काम पछिल्लो सरकार लाई मन पर्दैन,सरकार मात्रै परिवर्तन हुन्छन तर हामि गरिब बिपन्न जनताको जीवन स्तर र प्रगति कहिलै हुन् नसकेको दुखेसो पोखे ।

त्यस्तै कार्यक्रम का सभापति एवं भूमिअधिकार मंच कन्चनपुरका अध्यक्ष कर्ण बहादुर बानिया ले २०६१ साल बाट भूमिअधिकार को पक्ष मा ओकालत गर्दै आएको संगठन ले कहिलै पनि हिंसात्मक,समाजलाई अपाच्य हुने प्रकारका तरिकाले बिरोध,र्याली,बैठक,समाहरोह नगरेको र नगर्ने बताए । हाम्रो माग भनेको रास्ट्रिय भुमिआयोग ले तत्काल केन्दीय,प्रदेश र जिल्ला आयोग समिति पूर्णता,गठन गरि तत्काल कार्य सम्पादन गरोस,बास्तबिक पिडित लाई जमिन र लालपुर्जा दिलाओस,मानब भएर पनि जुन जंगलमै बास,सडक मै बास,पशु पन्छी संगै को बास छ, हामीहरुको यो समस्या लाई यथाशिघ्र समाधान गरोस भन्ने हो । जति पनि सरकार परिवर्तन भए अनि जति पनि नया सरकार गठन भए सम्पूर्ण सरकार लाई लिखित रुपमै सम्पुर्ण जिल्लाका प्रमुख मार्फत ध्यानाकर्षण र हाम्रो अधिकारको लागि आवाज उठाउदै आएको जनाए ।

पछिल्लो समय पनि नेपाली काँग्रेस को सरकार गठन हुदा समेत कंचनपुर जिल्ला प्रमुख मार्फत सरकार गठन भएकै दोस्रो दिन पत्राचार गरिसकेको समेत जानकारी दिए । साथै केन्दीय सरकार संग छलफल गरि भुमि सम्बन्धि समस्या समाधान आयोगले गरेको कार्यसम्पादन सोहि ठाउ बाट निरन्तरता दिने समेत प्रतिबद्दता जनाएको छ। शनिबार कृष्णपुर नगरपालिका मा सम्पन्न कार्यक्रमको संचालन भूमिअधिकार मंच सुदुरपश्चिम प्रदेश सचिव राम बहादुर चुनाराले गरेका थिए।

शनिबार, असोज १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.