धनगढी,१५ असोज ।
कञ्चनपुर स्थित भीमदत्त नगरपालिकाले कार्यविधि,निति,नियम विपरित शिक्षक दरबन्दि मिलान गरेको भन्दै नेपाल शिक्षक संघ साउँन ३ गतेदेखी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दि गरी रिले अनसनमा बस्यो ।
निति नियम विपरित गरिएका दरबन्दि नियमानुसार गरिनु पर्छ भन्ने मागसहित ३२ दिन सम्म शान्तिपूर्ण रिले अनसनमा बसेर आन्दोलन गरेको शिक्षक संघका मागको भीमदत्त नगरपालिकाले कुनै सुनुवाई गरेन । लामो समयदेखी शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकका माग नगरपालिकाले सुनुवाई नगरेपछि भदौँ ४ गते शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई एक्येवद्धता जनाउन नेपाली काँग्रेस कञ्चनपुर समेत नगरपालिका पुग्यो ।
नगरपालिकाको मुलद्धारमा तालाबन्दि गरेर शिक्षकहरु र उनिहरुलाई साथ दिन आएको काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ता शान्तिपूर्ण आन्दोलन गरिहरको अवस्थामा घुसपैठ भएर प्रहरी बिच झडप भयो । झडपमा परि शिक्षक तथा प्रहरी गरि झन्डै २० जना घाइते भए । उक्त घटना प्रश्चात प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेको रहोवरमा र भीमदत्त नगरपालिकाका प्रवत्ता हिमाल चन्द,कार्यपालिका सदस्य कृष्ण सिंह देउपा,शिक्षा शाखा प्रमुख हरिदत्त जोशी,नेपाल शिक्षक संघ कञ्चनपुर जिल्ला सचिव नविन सिंह धामीको उपस्थितिमा नगर कार्यपालिका सदस्य तथा प्रवत्ता चन्द र देउपाको रहोवरमा नगर भित्र क्रियाशिल शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधी र शिक्षा शाखा समेतको प्रतिवेदन तयारी समिति गठन गरि सो समितिले बनाएको प्रतिवेदनको आधारमा समस्याको समाधान खोज्ने गरि शिक्षा शाखा र नेपाल शिक्षक संघ बिच सहमति भयो । सोही अनुसार कार्यदल (प्रतिवेदन तयारी समिति) ले भीमदत्त नगरपालिकाले कार्यविधि,निति,नियम विपरित शिक्षक दरबन्दि मिलान गरेको प्रतिवेदन भदौँ २३ गते नगर प्रमुख सुरेन्द्र विष्टलाई बुझाई सकेको छ ।
यद्यपी कार्यदलले प्रतिवेदन बुझाएको ३ साता वितिसक्दापनि नगरपालिकाले अझै कुनै सुनुवाई नगरेको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले बताए । ‘नगर प्रवत्ता चन्द,कार्यपालिका सदस्य देउपाको रहोवरमा नेपाल शिक्षक संघका ज्ञानु देउवा,नेपाल राष्ट्रिय शिक्षक संगठनका दिवाकर जोशी,एकिकृत अखिल नेपाल शिक्षक संगठनका विरेन्द्र भट्ट,अखिल नेपाल शिक्षक संगठनका पुस्पमणी जोशी र शिक्षा शाखा प्रमुख हरि जोशी समेत रहेको कार्यदलको प्रतिवेदनले पनि नगरपालिकाले निति,नियम मिचेर,दरबन्दि मिलान गरेको प्रष्ट जनाएको छ ।’
विहिबार पत्रकार सम्मेलनमा सचिव धामीले भने ‘नगर प्रमुखलाई त्यो प्रतिवेदन बुझाएको ३ साता वितिसक्दा पनि उक्त गलत निर्णय सच्चाउनुको साटो पुनः मनमानी तरिकाले एकलौटी रुपमा निर्णय गर्न नगरपालिका लागेको छ ।’ उनकाअनुसार कार्यदलको प्रतिवेदन अनुसार नगरपालिकाले दरबन्दि मिलानमा भएको गल्ति नसच्चाए नेपाल शिक्षक संघ कानुनी उपचारमा जानेछ ।
यता भीमदत्त नगरपालिकाका प्रवत्ता चन्दले प्रतिवेदमा आएका राम्रा सुझाव र दरबन्दि मिलानका क्रममा भएका केही त्रृmटि नगरपालिकाले यतासिघ्र सच्चाउने बताए । ‘प्रतिवेदनमा आएका सुझाव नगरपालिकाले कार्यान्वयन गर्छ ।’ प्रवत्ता चन्दले भने ‘तर सबै कुरा प्रतिवेदन अनुसार भने हुदैन ।’