सरस्वती साफरी, धनगढी १२ असोज । पर्यटन व्यवसायीहरुले भारतीय पर्यटकहरुलाई सुदूरपश्चिम प्रदेशमा सहज रुपमा भित्र्याउने वातावरण बनाउन आग्रह गरेका छन् ।
४२ औं विश्व पर्यटक दिवसको अवसरमा सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा सहभागी व्यवसायीहरुले भारतीय पर्यटकहरुको आगमन बृद्धि नै प्रदेशको पर्यटन क्षेत्र चलायमान हुने आधार रहेको बताए ।
‘अहिले सरकारले नाका पूर्ण रुपमा खोलेको छ, तर अहिले पनि सिमानाकाबाट भारतीय नम्बरप्लेटका सवारी साधन आउन अवरोध कायमै छ’ होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलमबहादुर बमले भने– जबसम्म नाका सहज हु“दैन पर्यटकिय क्षेत्र र होटल व्यवसाय चलायमान हुन्छ आ“कलन गर्नु हु“दैन ।
अध्यक्ष बमले सिमानाकाबाट भारतीय पर्यटकहरुलाई सहज रुपमा आउने वातावरण बनेमा पर्यटन व्यवसाय केही हदसम्म सुधार हुने चर्चा गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री मानबहादुर धामीले पर्यटन व्यवसायका लागि होटल व्यवसाय सबैभन्दा महत्वपूर्ण रहेको बताए ।
कोरोना महामारीमा कमी आए पनि अझैं सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटकहरुको आगमन बृद्धि हुनसकेको छैन । होटल व्यवसाय अझैं पनि तंग्रिन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा बाह्य पर्यटकको आगमन संख्या निकै कम छ । पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव छ । प्रदेश सरकारले पर्यटकीय गन्तव्यको विकासमा उल्लेख्य काम गर्न सकेको छैन ।
मन्त्री धामीले सरकारले केही पर्यटकीय गन्तव्यमा बजेट विनियोजन गरेको बताए । उनले भने– सरकार सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयासरत रहेको छ ।
कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले पनि धारणा व्यक्त गरेका थिए ।