• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछाममा पालिकाका कार्यालय भाडाका घरमा

अछाम, १२ असोज । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न लागेको छ । तर अछामका स्थानीय तह र वडा कार्यालयका आफ्ना छुट्टै भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको छ । स्थानीय तहका कार्यालयहरू भाडाकै घरमा सञ्चालन छन् ।

वडा कार्यालय गाउॅका साँघुरो भाडाको घरबाट सञ्चालन भइरहेका छन् । आफ्नो भौतिक संरचना नभएपछि जिल्लाका मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका र मेल्लेख गाउॅपालिका बाहेक अन्य ७ स्थानीय तहका कार्यालय भाडाको घरमा कार्यालय सञ्चालन गर्न बाध्य छन् ।

जनप्रतिनिधिको पहिलो प्राथामिकतामा सवारी साधन, सडक निर्माण अन्य योजना परेकाले गाउँपालिका, नगरपालिका र वडा कार्यालयका भवनलगायतका पूर्वाधार निर्माणमा ध्यान जान नसकेको स्थानीयको भनाइ छ ।

साविकका गाउॅ विकास समितिका कार्यालय भएका वडामा केही स्थानमा वडा कार्यालय निर्माण सुरु भएका छन् भने धेरै वडा कार्यालय भाडाको घरमा छन् । गाउॅमा कार्यालयलाई उपयुक्त हुने घर नहुॅदा काम चलाउ वडा कार्यालयबाट पालिकाको दैनिक कार्य सञ्चालन भइरहेको हो ।

गाउॅमा कोही मानिस आउँदा वडा कार्यालयमा बस्ने ठाउॅसमेत नभएको पञ्चदेवल विनायक नगरपालिका–१ की जीवना रेग्मी बताउँछिन् । ‘बाहिरका मान्छे वडासम्म काम विशेषले छलफलका लागि आउँदा आफैंलाई लाज लाग्छ । बस्ने ठाउँसमेत हुॅदैन,’ उनले भनिन् ‘कहिलेकाही गाउॅका महिलाले बाहिरबाट मान्छे आएको थाहा पाउॅदा स्थानीयले सञ्चालन गरेको सहकारीको हल दिन्छौं ।’

गाउँमा आवश्यक नभएको ठाउँमा जथाभावी सडक निर्माण गरेर बजेट सक्नुभन्दा वडा कार्यालय बनाउनुपर्ने उनको भनाइ छ । ‘कच्ची घरको धुलोले कार्यालयका सामान पनि लामो समय टिक्न सकेका छैनन् न त कार्यालय नै व्यवस्थित छ । झुपडीमा कार्यालय सञ्चालन भइरहेको छ’ उनले भनिन् ।

भवनलगायत पूर्वाधार अभावले वडाबाट सेवाग्राही आउँदा भीड हुने, चुस्त सेवा दिन गाह्रो हुने गरेको पञ्चदेवल विनायक–१ का वडाध्यक्ष लक्ष्मिकान्त देवकोटा बताउँछन् । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार जोस, जॉगरले काम गर्न कठिनाइ भएको देवकोटाले बताए ।

‘कार्यालयमा उभिने ठाउँ नै हुॅदैन’ उनले भने, ‘वडा कार्यालय निर्माणको लागि जग खन्ने काम पोहोर साल नै भएको हो । केही स्थानीयले विवाद गरेर वडा कार्यालय निर्माणको काम अघि बढ्न सकेको छैन ।’ जनप्रतिनिधिले काम गरेनन् भनेर मात्रै दोष दिने गरेको र स्थानीयबाट सहयोग नभएको उनले बताए ।

मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.