डोटी, ११ असोज । सुदुरपश्चिम प्रदेशमा स्तरीय पुरुष भलिबल प्रतियोगिताको लागी डोटी जिल्लाबाट भलिबल खेलाडी छनोट भएको छ । जिल्ला सदरमुकाम सिलगढीमा रहेको टुडिखेलमा खेलाडी छनोट गरिएको हो ।
जिल्लाका ९ वटै स्थानिय तहबाट २६ खेलाडी सहभागी रहेको खेलकुद समिति डोटीका अध्यक्ष नरेश मलासीले बताए । अपेक्षा गरे अनुसारको खेलाडीको सहभागिता नरेको उनले बताए ।
जिल्लाको नाम इज्जत राख्ने गरी टिम छनोट होस् भनेर अनुभवि प्रशिक्षक बाट छनोट टिम बनाएर छनोट गरेको उनले बताए ।
९ वटै जिल्लाको सहभागिता रहने प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि डोटी जिल्लाको टिम सहभागी गराउनु पर्ने भएकोले योग्य, राम्रो, अनुशासित खेलाडी छानेर पठाउने भलिवल खेलका प्रशिक्षक तथा छनोट समितिका संयोजक राज बहादुर खडकाले बताए ।