• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कर्मचारी सबै बिदा र फिल्ड भन्दै बाहिर, कार्यालय सुनसान !

चुरे (कैलाली)– कैलालीको चुरे गाउँपालिकाका कर्मचारी जति सबै बिदा र फिल्ड निरीक्षणमा भन्दै बाहिर गएपछि कार्यालय सुनसान बनेको छ । सोमबार सुदूरपत्र डटकमको टिम रिपोटिङका लागि चुरे गाउँपालिकाको कार्यालय पुग्दा कार्यालयमा केही सहायक स्तरका कर्मचारी र कार्यालय सहयोगीबाहेक अन्य कर्मचारीहरु भेटिएनन् ।

गाउँपालिकाका १९ जना कर्मचारी मध्ये ७ जना कर्मचारी मात्रै कार्यालयमा थिए भने बाँकी कर्मचारी घर बिदा तथा फिल्ड निरीक्षण भन्दै कार्यालय छाडेपछि गाउँपालिका सुनसान बनेको थियो । कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत विविराज सोती बिदामा थिए । यस्तै अधिकृत छैठौं कालिप्रसाद भट्ट तालिम भन्दै बाहिर थिए ।

तर, उनी कहाँको कुन तालिममा थिए भन्ने कुरा भने कार्यालयमा थाह छैन । अधिकृत छैठौं गोरखबहादुर सिंह किरिया बिदामा, स्वास्थ्य शाखाका अधिकृत छैठौं जयराज ओझा दुर्घटनामा परेर बिदामा, प्रास मदनप्रसाद जोशी तालिममा भन्दै बाहिर छन् । उनी पनि कुन तालिममा छन् भन्ने कार्यालयलाई थाह छैन । सलेपा झुना पौडेल कोलेनिका धनगढीमा अडिट गराउन भन्दै गएकी छिन् ।

इन्जिनियर बिक्रम कँडेल संविधान दिवस मनाउन गाउँपालिकाको वडा नम्बर ५ खानीडाँडा थिए भने उतैबाट सोही वडाको फिल्ड निरीक्षणमा रहेको कार्यालयले बतायो । सव इन्जिनियर डम्बरबहादुर बोहरा गर्भा दरबार क्षेत्रको बाटो निरीक्षणमा हिँडेको बताइए पनि कहाँ गएका हुन् भन्ने थाहा नभएको स्रोतले बतायो । ऋण सहायक बिमलकुमार ओझा बेलुकी पौने पाँच बजेसम्म पनि बैंकको कामले सहजपुर गएको बताए पनि उनी पनि त्यो समयमा बैंकमा नगएको बताइएको छ । एमआईएस अपरेटर नवराज गौतम कोलेनिकामा सामाजिक सुरक्षा भत्ताको अडिट गर्न धनगढी गएको बताइएको छ ।

अ.सव इञ्जिनियर जयराज भण्डारी फिल्ड निरीक्षणमा गएका थिए । उनी दिउँसो ३ बजेपछि फिल्ड हिँडेका थिए । यस्तै ना.प्र.स. जंगबहादुर चौधरी बिरामी भएर बिदामा बसेका थिए । स्रोतका अनुसार यतिका संख्यामा कर्मचारीहरु बाहिर गए पनि उनीहरुलाई बचाउनका लागि गाउँपालिका कार्यालयले बिदा र फिल्डमा गएको बहाना तेर्साएको हो ।

‘यी मध्ये अधिकांश कर्मचारीहरु गत शुक्रबार घरमा गए पनि त्यसपछि भने कार्यालयमा हाँजिर हुन आएका थिएनन,’ स्रोतले भन्यो,‘सोमबार कार्यालय समयमा उनीहरु नआएपछि समाचार संकलनका लागि गएको पत्रकार टोलीलाई उनीहरुले घुमाउरो जवाफ दिँदै कार्यालयले फिल्ड तथा बिरामी बिदाको बहाना बनाइदिएको हो ।’ सोमबार कार्यालयमा भने अधिकृत छैठौं धर्मराज भट्ट, नासु सर्वेसकुमार कठरिया, समविनि लक्ष्मी पन्त, खापासटे शिवराज भट्ट कास मनिरत्न अम्मै, सुपअ कृष्णबहादुर भाट र रोजगार संयोजक हीराकुमारी भाट मात्रै कार्यालयमा उपस्थित रहेका थिए ।

कार्यालयका निमित्त धर्मराज भट्टका अनुसार अधिकांश कर्मचारीहरु कोही किरिया विदा त कोही दुर्घटना भएर बिरामी बिदामा थिए भने कर्मचारीहरु फिल्ड निरीक्षणमा गएका हुन् । पत्रकारको टोली आउने खबर पाएपछि गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगर र उपाध्यक्ष दीपादेवी साउँद गाउँपालिकाको कार्यालयमा आएनन् ।

मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.