• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हुम्ली–बझाङीकाे `उजेली गौरा´ धनगढीमा

धनगढी ३० भाद्र/ हुम्ली र बझाङी ठकुरी बस्तीको गौरा धनगढीमा पनि मनाइएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा केही दिन अघि गौरा मनाएर सकिए पनि हुम्ला र बझाङका ठकुरीहरुले भने हिजोआज गौरा मनाइरहेका छन् । बझाङमा पुख्र्याैली घर भई धनगढीमा बसोबास गर्दै आएका बझाङी ठकुरीहरुले बुधबार धनगढीमा भव्यरुपमा गौरा पर्व मनाएका हुन् ।

तिजपछि उजेली गौरा भन्दै बझाङी ठकुरी समुदायले धनगढीको जुगेडा गाउँमा गौरा पर्व मनाएका हुन् । धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा गौरा भिœयाएर तीन दिन ब्रत बसी बुधबार समापन गरेका छन् । ब्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भिœयाएर तीन दिन ब्रत बसेर बुधबार समापन गरिएको सर्मिला सिंहले बताइन् । उनले भनिन्,‘पुख्र्यौली घर बझाङ र हुम्लामा भएका ठकुरीहरुले यहाँ गौरा मनाएका हौँ ।’
पुरुषहरुले ढाल तरबारसहितको खेल खेल्ने गर्छन् भने ब्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने गरिएको बताउँदै सिंहले भनिन्,‘ब्रतालुहरुले हातमा पातीको डाँठ समातेर भगवानको गाथा गाउँदै गोल घेरा बनाई खेल खेल्ने गरिन्छ ।’

तीजको ब्रतपछि मनाइने हुम्ली र बझाङी गौरालाई उजेली गौरा भनिएको बताउँदै पुख्र्र्याैली घर बझाङ भई हाल धनगढी जुगेडामा बस्दै आएका रतनबहादुर सिंहले बताए । उनले भने,‘हाम्रो र सुदूरपश्चिमका अन्य जिल्लामा मनाइने गौराको विधि र पद्दती एउटै भए पनि समय भने फरक छ ।’ हुम्ली र बझाङी ठकुरीहरुले तिजपछि मात्रै गौरा मनाउने गरेको उनले बताए । ‘हामीले जुम्ली राजाहरुको नीति र तिथिलाई मानेर परम्परादेखि तिजपछि नै गौरा मान्दै आएका हौँ,’ पुजारी चेतराज जोशीले भने,‘हाम्रो गौरा जुम्ला, हुम्लाका राजा रजौटासँग मेल खान्छ र त्यही तिथि अनुसार तिजको ब्रत सकिएपछि मनाउने गर्छौ ।’

हुम्ली र बझाङी ठकुरीहरुले तिजपछि गौराको पूजा गर्ने चलन रहेको बताउँदै धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले भनिन्,‘सुदूरपश्चिमका अन्य जिल्लामा भन्दा बझाङी ठकुरीहरुको फरक चलन छ, त्यही अनुसार तिजपछि नै उहाँहरुले गौरा पर्व मनाउने गर्छन् ।’ बझाङी ठकुरीहरुको गौराको आफ्नै महत्व र समय रहेको बताउँदै उनले भनिन्,‘उहाँहरुको पर्वलाई पनि हामीले धनगढीमा मनाउन पाउँदा खुसी छौँ ।’ उपमहानगरपालिकाले पनि बझाङी ठकुरीहरुको गौराघरका लागि सहयोग गर्ने उनले बताइन् ।

यश वडमा विभिन्न संस्कृति भेषभुषाका नागरिक बसाेबास गर्ने भएकाेले पनि वडा कार्यालयबाट पनि बर्षेनी याे मन्दिरका लगि बजेट बनियाेजन गर्ने गरेकाे वडा नम्बर १२का वडा अध्यक्ष गणेशप्रसाद जाेशीले बताएका छन् ।

बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.