धनगढी, २८ भाद्र/ मानव अधिकार संरक्षणको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरुले मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा प्रहरीको भूमिका अहम् रहेको दोहोराएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा सञ्चालित मानवअधिकारसम्बन्धी प्रहरीलाई तालिमको सोमबार समापनका अवसरमा सहभागीहरुले मावअधिकार संरक्षणमा प्रहरीको मुख्य भूमिका रहेको औल्याए ।
‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा प्रहरीको व्यवहारमा सुधार आउन जरुरी छ’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्– तपाईहरु (प्रहरी) पीडितसंग हा“सेर बोलिदिनुहोस । उनका समस्या सुनिदिनुस् । यत्ति मात्रै पनि व्यवहार गर्नुभयो भने पीडितले न्याय पाएको महसुस गर्छन ।
मन्त्री जोशीले प्रहरीहरुलाई पीडितका गुनासो धैर्यपूर्वक सुन्ने बानीको विकास गर्न आग्रह गरिन ।
मन्त्री जोशीले भनिन्– पीडितले न्याय पाउने र पीडकलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने गरि तपाईहरु काम गर्नुहोस । सबैसंग साथीको व्यवहार गर्नुहोस ।
उनले पछिल्लो एक सय दिनको अवधिमा कैलालीको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरिन् । उनले भनिन्– मैले मन्त्रीको पदभार ग्रहण गरेको सय दिन पुगेपछि प्रदेशका सबै जिल्लाबाट तथ्यांक मागे । तथ्यांकले जिल्लाहरुमा अपराधका घटनामा कमी आइरहेको पाए ।
मन्त्री जोशीले प्रहरीले अपराधमात्र नभई विपदको समयमा खोज तथा उद्दारमा प्रभावकारी भुमिका निर्वाह गरेको बताइन ।
प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले फौज्दारी अपराध र मानवअधिकारको मापदण्डको पालना गरेर प्रहरीले काम गर्नुपर्ने बताए । उनले हरेक क्षेत्र व्यवसायिक हु“दै गएकोले प्रहरी पनि व्यवसायिक बन्नुपर्ने बताए । उनले समय परिवर्तनसंगै प्रदेशमा नया“ नया“ अपराधका घटना भइरहेको चर्चा गरे ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (नायव महानिरीक्षक) पुरुषोतम क“डेलले विश्वमा प्रहरी र मानवअधिकार क्षेत्रमा काम गर्ने संघसंस्था, निकायबीच सहकार्य भएर नै मानव अधिकार उल्लंघनका घटनामा कमी आएको बताए । प्रहरी नायव महानिरीक्षक क“डेलले भने– तर, हामीकहा“ यो अवस्था छैन । दुई पक्षबीच राम्रो समन्वय छैन । त्यसैले मानवअधिकार उल्लंघनका घटनामा सुधार हुन सकेको छैन ।उनले उनले आम मानिसका लागि मात्र नभएर प्रहरीका लागि पनि स्वयं प्रहरीले नै मानवअधिकारमैत्रीको व्यवहार गर्नुपर्ने बताए ।
उनले क्षेत्र, भुगोल, टोल, वडामा पनि अपराधका विभिन्न घटना भइरहने हु“दा नियन्त्रणमा चुनौति हुने गरेको बताए । उनले भने– सुदूरपश्चिम प्रदेशका हरेक जिल्लामा अपराध नियन्त्रण गर्न सोही अनुसारको कारण पत्ता लगाई कार्यक्रम बनाउनुपर्छ । कतै लागुऔषध सेवन त कतै आत्महत्याका समस्या देखिएका छन ।
इन्सेकका सदस्य शोभाकर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्वअधिकारी, डिसिए नेपालका प्रतिनिधी मालती मास्के, प्रशिक्षक तथा प्रहरी निरिक्षक मानबहादुर रोकाया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन इन्सेकका प्रदेश संयोजक खडगराज जोशीले गरेका थिए ।
आइतबारदेखि शुरु भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत २५ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।
