धनगढी,२७ भदौ । कैलालीमा मालबाहक ट्रक दुर्घटनाग्रस्त भएको छ । धनगढीदेखि अछाम जाँदै गरेको से.१.ख १२५७ नम्बरको मालबाहक ट्रक शनिबार राती दुर्घटनाग्रस्त बनेको हो ।
माँ बनदेवि स्टोर्स धनगढीका सञ्चालक जगदीस चौधरीले धनगढी देखि अछामको मँगलसेन, साफे लगायतका विभिन्न स्थानमा सामान ढुवानी गर्ने गरेको बताए । उनले ट्रक दुर्घटना हुदा दाल, चामल, तेल, तरकारी लगायतका सामानमा क्षति भएको बताए ।
ट्रक सडक छेउबाटै गुड्दै गरेको अवस्थामा करिव ५० मिटर तल खसेको थियो । सडक भासिदा ट्रक तल खस्न गएको हुन सक्ने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रबहादुर सिंहले बताए ।
ट्रक तल खसेपनि मानविय क्षति कुनै नभएको जनाइएको छ । उनका अनुसार ट्रक खस्दा चालक जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ४२ वर्षिय रेश्म खत्री सामान्य घाइते भएका थिए । ट्रकमा रहेको करिव आठ लाख बराबरको तरकारी तथा फलफूलमा क्षति पुगेको जनाइएको छ ।
