• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दूध बेचेर मासिक ३० हजार आम्दानी गर्दै कञ्चनपुरका वीरबहादुर

 

धनगढी,२६ भदौ ।
शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न छन् ।
उनी बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध संकलन गरी बिक्री गर्दै आएका छन् । दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ ।
गर्मी मौसममा ३०० र चिसोमा २६० लिटर दूध संकलन हुने गरेको छ । संकलित दूधका क्यान मोटरसाइकलमा राखेर झलारी बजारबाट महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । दूध बिक्री गरेर मासिक रूपमा बोहराले ३० हजार आम्दानी हात पार्ने गरेको बताए ।

उनी संकलित दूध ११ बजेसम्म बजार लगेर बिक्री गरी घर फिर्ता हुने गरेका छन् । दिउँसोको बाँकी समय घरमै खोलिएको किराना पसलमा उनले बिताउने गरेका छन् । गाईको दूध ४० र भैँसीको दूध ४५ प्रतिलिटरमा पशुपालकबाट खरिद गरी बजारमा ५० प्रतिलिटरका दरले बिक्री गर्ने गरेका छन् ।
दूध बिक्रीबाट आएको पैसाले तीन कठ्ठा जग्गा, पाँचकोठे पक्की घर निर्माणसँगै सहकारीको सेयरमा बोहराले लगानी गरेका छन् । उनले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । दूधको कारोबारमा लागेका बोहरा यसमै भविष्यका सपना बुन्नमा लागेका छन् । आफ्नै दुग्ध उद्योग खोलेर आम्दानीलाई बढाउने उनको योजना छ ।

उनले भने, ‘घर–घरमा पुगेर दूध बिक्री गरे आम्दानी हुन्छ भन्ने कुरा सम्झाउन सफल भएँ, दैनिक दूध बिक्री गरेर पैसा हातमा पर्न थालेपछि स्थानीय बासिन्दाले सहजरूपमा दूध बिक्री गर्न थाले, त्यसपछि दूध संकलन गरी बजारमा लगेर बिक्री गर्न थालेपछि पशुपालक र आफूले आम्दानी लिन थालेका छौँ ।’

विगतमा घरकै लागि दूधको जोहो मिलाउने स्थानीय बासिन्दाले गतिलो आम्दानी हुन थालेपछि बढी दूध दिने जर्सी गाई र उन्नत जातका भैँसी पाल्न थालेको उनले बताए । ‘पहिला दूध बिक्री गर्ने सीमित थिए, हाल सबैका घर–घरमा दुधालु गाई, भैँसीपालन गरेका छन्, दुधालु गाई, भैँसी पाल्नेमध्येका केही परिवारले दूध बिक्री गरी मासिकरूपमा २० देखि ३५ हजारसम्म आम्दानी लिन थालेका छन’ उनले भने ।
शुक्लाफाँटा नगरपालिका क्षेत्रमा १० जनाले घरघरमा पुगेर उत्पादित दूध संकलन गरी बजारमा बिक्री गर्दै आएका छन् । दैनिक नगरपालिका क्षेत्रबाट तीन हजार ५०० लिटर दूध संकलन हुने गरेको छ ।

नगरपालिकामा भने झण्डै आठ हजार लिटर दूध उत्पादन हुने गरेको अनुमान छ । बजार क्षेत्रमा सञ्चालित दुग्ध उद्योगमा समेत थोरै मात्रामा दूधको खपत हुने गरेको छ । दही बनाउन र चिया बनाउनमा दूध बढी खपत हुने गरेको छ । केही दुग्ध उद्योगले पनिर र खोया बनाउने कार्यमा समेत दूधको खपत गर्दै आएका छन् ।

दूध बिक्रीबाट गतिलो आम्दानी हुने ठानेर धेरैले बाह्य क्षेत्रबाट उन्नत जातका गाई र भैँसी खरिद गरी व्यावसायिकरूपमा पालन गरेका छन् । उत्पादित दूध बजारमा बिक्री नहुने समस्या देखिन थालेपछि व्यावसायिक गाई, भैँसीपालनमा लागेकाले घाटा व्यहोर्नुपर्ने अवस्था आएको छ । बजारको व्यवस्था मिलाइदिनका लागि दूध उत्पादनमा लागेकाले स्थानीय तहलाई समेत गुहार्न थालेका छन् ।

 

शनिबार, भदौ २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.