• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डडेल्धुरामा वडा अधिवेशन रोक्न देउवासँग पौडेल पक्षको माग

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ । बिहीबार पौडेलसहितका नेताहरुले देउवालाई भेटेर जिल्ला कार्यसमितिको असहमतिकाबीच एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिएको भन्दै रोक्न माग गरे ।

‘जिल्ला कार्यसमितिसँग समन्वय नै नगरी एकपक्षीय रुपमा निर्वाचन अधिकृतले वडा अधिवेशनको मिति तोक्नु अनुचित हो,’ पौडेल समूहका नेता अर्जुननरसिंह केसीले भने, ‘तुरुन्त सभापतिले हस्तक्षेप गरेर अधिवेशन रोक्न निर्देशन दिनुपर्छ र क्रियाशील सदस्यतामा देखिएको विवाद टुंग्याउनुपर्छ भनेर हामीले ध्यानाकर्षण गरायौं ।’

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यता सूचीप्रति जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाबाट पठाइएका करिव पाँच सय नाम काटिएको र केन्द्रबाटै तीन सयको नाम थपिएकाले अहिलेकै अवस्थामा क्रियाशील सदस्यहरुको नामावलीलाई स्वीकार गर्न नसकिने सभापति मल्ल पक्षको दावी छ । उनी वरिष्ठ नेता पौडेल समूह निकट हुन् ।

निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपनि जिल्ला सभापति कर्णबहादुर मल्लले भने वडा अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । वडा अधिवेशनलाई लिएर जिल्लामा कांग्रेसकै नेता कार्यकर्ताहरुबीच मुठभेडको अवस्था आउने देखिएपछि सभापति देउवाले अधिवेशन स्थगन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय सदस्य केसीले वडा अधिवेशन रोक्न सभापति देउवाले निर्देशन दिएको जानकारी आफूहरुलाई गराएको बताए । ‘सभापतिज्यूले वडा अविधेशन स्थगत गर्न निर्देशन दिइसकेको छु भन्नुभएको छ, उहाँले सहमति गरेर मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन भनिसकेको हामीलाई जानकारी गराउनुभयो,’ नेता केसीले अनलाइनखबरसँग भने ।

क्रियाशील सदस्यता सूची नसच्याएसम्म अधिवेशन हुन नसक्ने जिल्ला सभापति मल्लको अडान छ । तर देउवा पक्षका नेताहरुले भने जिल्लाले क्रियाशील सदस्यको नाम इन्ट्री गर्दा एकपक्षीय रुपमा गरेको आरोप लगाउँदै आएका छन् ।

डडेल्धुरामा विवादका बीच वडाअधिवेशनको मिति तोकिएपछि कांग्रेसका केन्द्रीय नेताहरुले चासो व्यक्त गरेका हुन् । बुधबार मात्रै उपसभापति विमलेन्द्र निधिले सभापति देउवालाई पत्र पठाउँदै विवाद समाधान नभएसम्मका लागि वडा अधिवेशन स्थगन गर्न माग गरेका थिए । त्यस्तै केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पनि डडेल्धुराको क्रियाशील सदस्यता विवादबारे आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशन प्रक्रिया अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको छ । बिहीबारसम्म करिव ५५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । डडेल्धुरासहित ५७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएकोमा अझै २० जिल्लाको सदस्यता सूची सार्वजनिक गरिएको छैन ।

बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.