बझाङ, २० भदौ/नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा बझाङको बित्थडचिर गाउँपालिका सभापतिमा गणेश बोहराले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज सुदूर पत्रसंग कुरा गर्दै बोहराले १४ औं महाधिवेशनमा पालिका सभापति पदमा उठ्ने बताएका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’
उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन् । बोहरा नेविसंघको विद्यार्थी राजनीतिमा सक्रिय हुदै आएका थिए । यसअघि उनले नेपाली काङ्ग्रेस गाउँपालिका सचीवको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
उनी युवालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा छन् । उनले युवाहरूको प्रतिनिधि गर्दै पालिका सभापतिको साझा उम्मेद्वार भएको बताएका छन ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका बोहराले पार्टीलाई बलियो बनाउन पालिकाका सबै वडा कमिटीलाई रचनात्मक र सशक्त रुपमा अगाडि बढाउने एजेण्डा भएको बताए ।