कञ्चनपुर । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य सुरु गरेका छन् ।
आउँदै गरेको विभिन्न चाड पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका लागि संयुक्त गस्ती कार्य सुरु गर्दै आएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी ९कुतियकवर० का इन्चार्ज दान बहादुर विष्टले जानकारी दिए ।
दोधारा चाँदनी नगरपालिका वडा नं। ८ सुन्दरनगरको नेपाल–भारत सीमा क्षेत्रको पिलर नम्बर ७९५/१७ देखि ७९६/१८ सम्म सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबी०ले दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने गरेका छन् । सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्ती गर्दै आएको दुवै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवत जावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको बताइएको छ ।नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एक आपसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनीहरूले बताएका छन् ।