• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अछाममा भत्काइएका छाउगोठ फेरि बनाइँदै

अछाम, १८ भदौ । छाउगोठमै २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएपछि अछाममा छाउगोठ भत्काउने अभियानले एकाएक तीव्रता पायो । १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा अभियान चल्यो । गृह मन्त्रालयको निर्देशन र प्रहरीको नेतृत्वमा थालिएको अभियान कोरोना महामारीका कारण ओझेलमा परेको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २०७६ मंसिर १५ गते राति छाउगोठमै रावतले ज्यान गुमाएकी थिइन् ।

‘कानुनको डरले धेरै महिला घरमै बस्न थालेका थिए,’ मंगलसेन नगरपालिका–५ की कल्पना ढुंगानाले भनिन्, ‘जनप्रतिनिधि, प्रहरी र प्रशासनको सक्रियता कम भएपछि केही महिला गोठमा जान सक्ने अवस्था पनि छ । यसलाई अझै केही समय अनुगमन गर्नैपर्छ ।’

कोरोना महामारीको त्रास समुदायसम्म फैलिएपछि छाउगोठ भत्काउने मात्रै होइन अरू चेतनाका थुप्रै कार्यक्रम रोकिएका छन् । पहिले पनि छाउगोठमा कसैको मृत्यु हुने बेला मात्रै अभियान चल्थ्यो । फेरि रोकिन्थ्यो । यसपटक भने अभियानमा धेरै स्थानीयले साथ दिएका थिए ।

कोरोना त्रासले यो विषयमा बहस हुनै छाडेको ढुंगानाले बताइन् । अघिल्लो वर्ष अभियानका क्रममा जिल्लाभर झन्डै १० हजार छाउगोठ भत्काइएका थिए । अहिले धेरै ठाउँमा फेरि गोठ बनाउन थालिएको स्थानीय बताउँछन् ।

पढेलेखेका महिला नै महिनावारी भएका बेला घरमा बस्न नसकेको अवस्थामा छाउगोठ भत्काउने अभियानले राम्रो सन्देश दिएको पञ्चदेवल विनायक नगरपालिका–८ की सामाजिक अभियन्ता राधिका शाही बताउँछिन् ।

गाउँको ७० प्रतिशत भूभाग देवीदेउताको नाममा भएको भन्दै महिनावारीका बेला महिलाहरू गोठ र ओडारमा बस्ने गरेका थिए । ‘छाउपडी कुप्रथा हो भन्ने सबैलाई थाहा छ । असुरक्षित रूपमा बस्दा ज्यान जान्छ भन्ने पनि बुझेका छन्,’ बारलाकी रूपमती शाहीले भनिन्, ‘देवीदेउताकै कारण गोठ र ओडारमा बस्ने महिलालाई अभियानले नै घरमा बस्ने अवस्थामा ल्याएको हो । अभियान रोकिँदा फेरि छाउगोठ बन्न थालेका छन् ।’ छाउ बार्नेलाई कारबाही गर्ने थाहा पाएपछि पहिले सबै डराए पनि अहिले गोठ बन्न थालेपछि चिन्ता लागेको उनले सुनाइन् ।

उनका अनुसार जनचेतना मात्रैले सम्भव छैन । ‘विभिन्न खालका चेतनामूलक कार्यक्रम त पहिले पनि भएका हुन् । घरमा बस्छु भनेकै भरमा तत्कालीन अवस्थामा धेरै गाविस छाउपडी गोठमुक्त घोषणासमेत भए,’ उनले भनिन्, ‘कार्यक्रममा सहभागी हुँदासम्म छाउ नबार्ने भन्दै घोषणा गर्नेहरू घरमा गएर गोठमा बसाउँछन् । बसाउन बाध्य पार्छन् ।’ जनचेतना सँगसँगै कानुन कार्यान्वयनसमेत गरे छाउपडी कुप्रथा न्यूनीकरण हुने उनको भनाइ छ ।

कोरोना संक्रमणका कारण छाउगोठ भत्काउने, अनुगमन गर्ने कार्यक्रम स्थगित भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सैनाले बताए । ‘छाउगोठहरू कता बने, कुन ठाउँमा अभियान सञ्जालन गर्ने भन्ने सूचना लिइराखेका छौं,’ उनले भने, ‘सबै सरोकारवालासंँग समन्वय गरेर फेरि अभियानलाई निरन्तरता दिनेछौं ।’

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.