धनगढी,१७ भदौ । कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय सुचारु हुने भएका हुन् ।
जिल्ला प्रशासान कार्यालय कैलालीको बिहीबार बसेको बैठकमा भोलीदेखि असोज १ गते सम्म विद्यालय खुल्ने सहमती भईसकेको जनाएको छ । यदपि छलफल भने जारी रहेको छ । असोज १ गतेदेखि अवस्था हेरेर अर्को छलफल गरी निर्णय गरिने आजको बैठकमा छलफल भएको छ ।
यस अघि यहाँका स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका थिए ।
