धनगढी, १५ भदौ । कैलालीको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ।
महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालय भित्र पुगेर कागजात अध्ययन गरीरहेको छ ।
टोली अहिले नगरपालिका भित्रै रहेको छ।नगरपालिकाका कार्यकारी प्रमुख देबराज जोशीले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नियमित कार्य सम्पादन हेर्न आएको बताए ।
उनले टोली नगरपालिकालाई खबर गरेर नै आएको बताए ।