धनगढी, १४ भाद्र/सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कको चौथो साधारण सभाबाट रामबहादुर देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार अमेरिका न्यूयोर्कमा भएको भेलाले सो समिति गठन गरिएको हो ।
समितिको प्रथम उपाध्यक्ष दान सिंह बिष्ट, उपाध्यक्ष नबिन ओझा, महासचिव रैभान महरा, महासचिव धिरेन्द्र बहादुर चन्द, सचिब हरि जोशी, कोषाध्यक्ष हंसराज जोशी र सह–कोषाध्यक्ष सुनी गुरुङ चयन भएका छन् ।
समितिको सदस्यहरु भीम खत्री, गणेश बिष्ट, बीरेन्द्र बोहरा, रूद्र बहादुर चौधरी, टेक बहादुर साउँद, भरत अवस्थी, तरुण बम, धना सिंह र सुरेश चन्द चयन भएका छन् । उक्त समिति २०२१–२०२३ सम्मका लागि चयन भएको अध्यक्ष रामबहादुर देउबाले जानकारी दिए ।