धनगढी १४ भाद्र/दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको उपचार धनगढी स्थित सेती प्रदेशिक अस्पतालमा भैरहेको छ ।
सोमबार साझ हेलिकोप्टरमार्फत धनगढी पुगाईएका दुई जनाको उपचार धनगढीमा भैरहेको प्रदेश सभा सदस्य नन्दा बमले जानकारी दिईन् ।दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याईको हो ।