धनगढी १३ भाद्र/लिटल फ्लावर प्रिमियर लिगको छैटौ संस्करण पत्रकार सम्मेलन गरेर घोषणा गरिएको छ। प्रत्येक वर्ष लिग सञ्चालन गर्दै आइरहेको लिटिल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सले यो वर्ष पनि माघको अन्तीम हप्तामा लिग सञ्चालन गर्ने घोषणा गरेको हो।आइतबार पहिलो औपचारिक पत्रकार सम्मेलन गर्दै लिटिल फ्लावर प्रिमियर लिग छैटौ संस्करणको सम्ंपूर्ण तयारीमा जुटेको इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।
‘देशभरीका विद्यालयहरुको सहभागितामा लिग नक आउट फरम्याट सञ्चालन हुने यस प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रति अभिरुची बढेको, यस खेलप्रति अभिभावक र विद्यार्थीहरुमा सकारात्मक धारणा विकास हुँदै गइरहेको हामीले पाएका छौ’ शाहीले भने।
यसपटक प्रतियोगितामा १० वटा टिम मात्र सहभागी हुन पाउने र उक्त १० वटै टिम छनोट भइसकेको बताएका छन्। प्रत्येक सहभागी विद्यालयले ११ जना खेलाडी सोही विद्यालयमा कक्षा १० सम्म अध्यनरत भएको हुनुपर्ने र ४ जना नेपाल भित्रका १९ वर्ष मुनिका खेलाडी राख्न पाइने जनाइएको छ।
उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्स म्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार पुरस्कार रहेको लिटिल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सले जनाएको छ। विजेता र उपविजेताको पुरस्कार भने केहि दिनमा जानकारी गराउने जनाइएको छ।
आइतबार नै गुरुजी सटिङ एण्ड सुटिङ्गले प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार प्रायोजन गर्ने घोषणा गरेको छ। यस्तै प्रतियोगिता एजुकेशन पार्टनरमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल रहेको छ भने, केक पार्टनरको रुपमा आगन केक्स धनगढी रहेको छ। भने खेलमा नेपाल भरीका १० वटा बिद्यालयहरुले टिम दर्ता गरीसकेको अध्यक्ष शाहीले जानकारी दिएका छन ।