धनगढी, १२ भदौ/धर्मोदय सभा कैलालीको अध्यक्षमा पुनः लाहुराम चौधरी चयन भएका छन् । शनिवार धनगढीस्थि धर्मोदय सभा तथा लोकचक्र विहारको प्राङ्गणमा भएको छैठौ अधिवेशनले लाहुराम चौधरीलाई अध्यक्षमा पुनः चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल मान पुन, सचिवमा सरिता चौधरी, सहसचिवमा पुष्पराज पन्त, कोषाध्यक्षमा अराधना शाक्य र सहकोषाध्यक्षमा बासमति चौधरी चयन भएका छन्
यस्तै, सदस्यहरुमा जितेन्द्रलाल तुलाधर, धर्मराज भट्ट, गोकर्ण राना, बेल्सीदेवी चौधरी र चन्द्र तामाङ्ग चयन भएका छन् ।
२०४५ असार १३ गते विधिवत् रुपमा स्थापना भएको धर्मोदय सभा शाखा कैलालीमा एक ८५ जना आजिवन सदस्य रहेका छन् ।
संस्थापक अध्यक्ष स्वर्गीय प्रेमलाल तुलाधुरले व्यक्तिगत ३ कठ्ठा १८ धुर जग्गा दिएर धर्मोदय सभा शाखा कैलालीको स्थापना गरेका थिए ।
उद्घाटन समारोह बुद्ध लामाको प्रमुख आतिथ्यमा भएको थियो ।
धर्मोदय सभा कैलालीको अध्यक्षमा पुन: लाहुराम चाैधरी
धर्मोदय सभा कैलालीको अध्यक्षमा पुन: लाहुराम चाैधरी