काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
विवाद भएका जिल्लाहरुलाई बाँकी राखेर दुर्गम तथा पहाडी जिल्लाहरुमा निर्वाचन प्रतिनिधिहरु शुक्रबार काठमाडौंबाट खटाइएको हो । जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडा अधिवेशनका लागि प्रतिनिधि खटाइएका हुन् ।
उनीहरुलाई निर्वाचन सामग्रीसहित जिल्ला खटाइएको छ । जिल्लामा निर्वाचन प्रतिनिधिहरु खटिएसँगै अब आशंका कम हुँदै गएको कांग्रेस नेताहरुले बताएका छन् ।
