धनगढी, ३२ साउन/धनगढी उपमहानगरपालिका ६ र ७को सिमानमा पर्ने मनकामना टोलमा जमिन भासिन थालेको छ । सुकुटी नालको छेउमा रहेको मनकामना टोलको जमिन भासिएर तिन घर चर्किएका छन् ।तीन घरको जगको मुनिबाटै पानी बग्न लागेपछि भाँसिन लागेको हो । सोही टोलकी नरपतादेवि सेठ्ठी, कुन्ति शाही र अशोक सेठ्ठीको घरको जगबाट पानी बग्न लागेको हो ।
जगभित्रैबाट खोलाको जसरी पानी बग्न लागेपछि नरपताले सो घाँस, प्लाष्टिकमा माटो र इट्टा लगायत खाल्डोमा हाली घर बचाउने प्रयास गरेका छन । नरपताको घरमा चिरा परेको छ भने वर्षातको समयमा आगनमै पानी पस्न लागेको छ ।
नरपताले अचानक जमिनको पानी घरमा पस्न लागेपछि सुरक्षित बसोबासको व्यवस्थाका लागि धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडलाई जानकारी दिएका छन भने धनगढी उपमहानगरपालिकामा समस्या समाधान गर्न भनि निवेदन पेश गरेका छन ।
नरपताका एक छोरा, बुहारी, नाती र नातीनि छन ।
पञ्चायतकालदेखि माटोको घरमा बस्दै आएकी उनले दुई वष अघि सहकारीबाट ऋण लगेर चार कोठे पक्की घर बनाएकी थिइन । उनले भनिन –‘घर बनाउन ऋण निकाले । छोरो दैनिक ज्यालादारीमा काम गर्छ । यो घर जमिनभित्र भाँसिए कहा’ बस्ने होला ?’सो टोलमा ३४ बढी घरहरु रहेका छन । कुन्तिले भनिन –‘हाम्रो घर भाँसिए । वस्तीका अन्य घरहरुमा पनि बाढी समस्या आउन सक्छ ।’ उनले जोखिमबाट जोगाइदिन सरोकारवालाहरुसंग आग्रह गरेकी छिन ।