धनगढी, २९ साउन/नेपाल पत्रकार महासंघ बझाङ शाखाको भवन निमार्णका लागी सुदुरपश्चिम प्रदेस सरकार संग आर्थिक माग गरिएको छ । पत्रकार महासंघ बझाङ शाखाको टोली र नेपाल पत्रकार महासंघ सदुरपश्चिम प्रदेश समितीको संयुक्त टोलीले बझाङ शाखाको भबन निमार्णका लागी सुदूरश्चिम प्रदेशका अन्तरिक मामिला मन्त्री पुर्णा जोशी संग माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र कुमार रोकायाको नेतृत्वको टोलीले बझाङको संञ्चार क्षेत्रको बिकासका लागी महासंघको आगमी रणनितीका बारेमा जानकारी गराउनका साथै यसका कार्यमा सहयोग गरि दिन मन्त्री जोशीलाई माग गरेका हुन् ।टोलीले आन्तरिक मामिला मन्त्री जोशी संग समेत भेटघाट गरि नेपाल पत्रकार महासंघ बझाङको निर्माणाधिन भवनलाई पुर्णता दिनमा लागी आग्रह गरेको नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बताए । बझाङको संञ्चार क्षेत्रको बिकासका लागी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौ र प्रदेश सरकारबाट समेत सकरात्मक प्रतिक्रिया आएको उनको भनाई छ । त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले सुदूरपश्चिमका सबै शाखाहरुका भवन निर्माण भई सकेकाले बझागं र अछाम शाखाको र्मिाणधिन भवन लागी यस बर्ष सहयोग गरि दिन आन्तरिक मामिला मन्त्री जोशी संग आग्रह गरेका छन् ।
मन्त्री जोशीले बझाङको संञ्चार क्षेत्रको बिकासका लागी आफु सधै सकरात्मक भएको बताउदै भवन निर्माणका लागी केही भएपनि सहयोग गर्ने प्रतिवद्धता व्यक्ता गरेको टोलीमा सहभागि नेपाल पत्रकार महासंघ बझाङका सचिव ललितबहादुर सिहले जानकारी दिए ।आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले समेत आफु मिडिया क्षेत्रको बिकासका लागी सधै सकरात्मक भएको बताउदै यस पटक पनि भवन निर्माणका लागी सक्दो सहयोग गर्ने बचनबद्घता ब्यक्त गरिन् ।
टोलीमा पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाको नेतृत्वमा प्रदेश अध्यक्ष योगेश रावल, नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवा, बझाङ शाखाका सचिब ललितबहादुर सिहं , सहसचिब दोरेन्द्र खड्का सदस्य आषिस सिंह, सदस्य सिर्जना स्नेही र पत्रकार रमेश सिंह रहेका थिए । यसअघी नेपाल पत्रकार महासंघ बझाङको टोलीले सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापासंग बझाङको संञ्चार क्षेत्रको अबस्थाका बारेमा छलफल गर्नुका साथै नेपाल पत्रकार महासंघको निर्माणधिन भवनका लागी आर्थिक समेत गरेको छ ।
