धनगढी २५ साउन/कर्णाली नदीमा डुुङ्गा दुर्घटना हुुँदा बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गत साउन १७ गते कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुुङ्गा दुुर्घटना हुुँदा बेपत्ता भएकी सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार आइतबार लम्कीचुहा नगरपालिका–३ को कर्णाली नदीको बीच भागमा सलामीमगरको शव फेला परेको थियो । तत्काल पहिचान हुुन नसकेपनि उनका श्रीमान करन सलामीमगरले सनाखत गरेका हुन् । उनको शव परीक्षणपछि आफन्तले बुझेका छन् । मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुुने जाने क्रममा कर्णाली नदीमा डुुङ्गा दुर्घटना भएको थियो ।
दुुर्घटनामा परेर मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामीमगर, उनको १० दिनको छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए । दुर्घटनामा परेर घाइते भएकी मोहन्याल–३ कै धनसरा सलामीमगरको मृत्यु भएको थियो ।