धनगढी, २१ साउन/दार्चुलामा ८ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।साउन १३ गतेदेखि १८ गतेसम्म अस्पतालमा चेकजाँचका लागि पुगेका बिरामीहरुमध्ये उनीहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। दुई जना पुरुष र छ जना महिला गरी आठ जनामा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाका एकरएक जना र महाकाली नगरपालिकाका ६ जनामा स्क्रब टाइफस देखिएको हो। गत वर्ष जिल्लाका ३४ जनामा स्क्रब टाइफसका बिरामी देखिएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये १ जनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । एक जनाको जिल्ला अस्पतालमा भर्ना गरेर उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर गजेन्द्र दुवालले बताए । बाँकी तीन जनामा रोगको सामान्य लक्षण भएका कारण उनीहरुलाई घर पठाइएको हो ।