बैतडी, २० साउन । मालपोत कार्यालय बैतडीले गत आर्थिक वर्षमा ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले ८३ लाख ३६ हजार ११० रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले सवैभन्दा बढि रजिष्ट्रेसन शुल्कवाफत ५३ लाख २७ हजार ४१३ रुपैयाँ, पूँजीगतलाभ कर वाफत १३ लाख ४५ हजार ७४२ रुपैयाँ, सेवा शुल्कबाट १६ लाख ५५ हजार ४०५ रुपैयाँ, पूर्जा विक्रीबाट १ हजार २५० रुपैयाँ र बेरुजू असुलीबाट ६ हजार ३०० रुपैयाँ संकलन गरिएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम भट्टले वताए ।
उनले कोभिड १९ नियन्त्रणको लागि गरिएको लकडाउनले गर्दा अपेक्षा अनुसारको राजस्व संकलन नभएको बताए । गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८३१ रुपैयाँले बढी हो । आव २०७६/७७ मा ६१ लाख २६ हजार २७९ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।
अहिले जिल्लाका सबै स्थानिय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमीनको खरीदविक्रीमा वृद्धि भइरहेको छ । जमीन धितो राखेर बैंकबाट ऋण लिनेको संख्या बढेको छ ।
यसले गर्दापनि जमीन रोक्का गर्नेको संख्या बढ्दा राजस्व संकलनमा वर्षेनी वृद्धि हुँदै गएको मालपोत कार्यालयका बैतडीले जनाएको छ ।आव ०७७/०७८ मा मालापोत कार्यालय बैतडीले रजिष्ट्रेशन शुल्कबाट प्रदेश सरकारलाई २१ लाख ३० हजार ९६५ रुपैयाँ र जिल्लाका १० ओटै स्थानिय तहलाई ३१ लाख ९६ हजार ४४७ रुपैयाँ पठाएको छ ।