काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरे ।
त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे ।
साथै उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी)लाई मानव हत्या गरेको अभियोगमा कारबाहीको माग गरेका छन् ।
सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै एमालेले विरोध जनाएको छ ।