एजेन्सी । टोटेनहमका फरवार्ड ह्यारी केन टिमको प्रशिक्षणमा अनुपस्थित भएका छन् ।टोटेनहम छाड्ने चर्चा चलिरहेको बेला केन सोमबार भएको टिमको प्रशिक्षणमा अनुपस्थित भएका हुन् ।केन सोमबारबाट टिमको प्रशिक्षणमा उपस्थित हुने गरि विदामा रहेका थिए ।
तर, विदा सकिएपनि केन प्रशिक्षणमा नफर्केपछि उनको कार्यले क्लब निराश बनेको स्काई स्पोर्ट्सले जनाएको छ ।२८ वर्षीय केन पछिल्लो समय म्यानचेस्टर सिटीसँग जोडिएका छन् । इंग्ल्यान्डका कप्तान केनको लागि सिटीले १०० मिलियनको प्रस्ताव गरिएको बताईएको छ ।