डोटी/ सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोले बन्द भएको छ। लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग बन्द भएको हो ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान गैरा नजिक पहिरो खस्दा राजमार्ग बन्द भएको हो ।
सडक माथिबाट ठूलाठूला ढुङ्गा र रुखहरु खसेका छन् । सडक डिभिजन कार्यालयको डोजरसहित पहिरो पन्छाउने काम भइरहेको प्रहरी चौकी गैराले जनाएको छ ।पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।