धनगढी, १ साउन/कैलालीको गोदावरी नगरपालिका वडा नं २ कृष्ण मन्दिर नजिक मोटरसाइकलले गाईलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक गंभीर घाइते भएको छ। तेघरी बाट अत्तरिया तर्फ आउदै गरेको सु प प्र ०१००९प३११५ नम्बर प्लेटको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा एउटा गाईको घटना स्थलमै मृत्यु भएको छ भने एउटा गाई गम्भीर घाइते भएको स्रोत ले जनाएको छ।
मोटसाइकल चालकलाई त्यस्तो के ही नभएको र सामान्य अवस्था रहेको स्रोतले वताएका छन् ।छाडा पशुचौपायको कारणले गर्दा यस्ता दुर्घटना सम्बन्धी समस्या चर्को रूपमा बढ्दै गइरहेका छन् भने स्थानिय तहको निर्वाचनका बेला सबैभन्दा जटिल समस्यामा रुपमा रहेको छाडा पशुचौपायको ब्यबस्थापनलाई पहिलो एजेण्डा बनाएर जनतालाई लोभ्याई निर्वाचित भएका जनप्रतिनिधहरु अहिले यस कार्यमा असफल भएका छन् ।
छाडा पशुचौपायको ब्यबस्थापनमा लाखौ रुपैया खर्च गरेर ब्यावस्थापन गर्न खोजेपनि त्यसको दिर्घकालिन रुपमा समाधानको बाटो नखोज्दा नगरबासीका अन्नबालीका खानुका साथै सडकका छेउछाउमा हुलका हुल सडक जाम गरेर बस्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो र यसका कारण रातिको समयमा सवारी साधन चलाउन निकै कठिनाई हुने गरेको स्थानिय तथा सवारी चालक बताउँछन्।