धनगढी, २९ असार
कैलालीको धनगढी लगायत चार वटा स्थानीयतहमा संचालन भैरहेका सुरक्षित आप्रवासन परियोजना (सामी) संगको सम्झौता नविकरण गरिएको छ ।
मंगलबार धनगढीमा बसेको स्थानीय सरकार परियोजना ब्यबस्थापन समितिको बैठकले आप्रवासन परियोजना (सामी) र स्थानीय सेवा प्रदायक संस्था ट्रेस प्रा.लि. संगको आर्थिक बर्ष २०७८÷०७९ का लागि सम्झौता नविकरण गरेको हो । परियोजना ब्यबस्थापन समितिले स्थानीय सेवा प्रदायक संस्था ट्रेस प्रा.लि. ले सम्झौत अनुसार कार्य सम्पादन गर्न सफल भएको भन्दै पुनः एक आर्थिक बर्षका लागि समय थप पर्ने निर्णय गरेको हो ।
बैठकमा परीयोजनाले आर्थिक बर्ष २०७७÷०७८ मा प्राप्त गरेका मुख्य उपलब्धीहरु, सिकाईहरु र देखापरेका चुनौतीका बारेमा छलफल भएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए । ‘यो नेपाल सरकारको कार्यक्रम भएकाले स्थानीयतहले आफैपनि समन्वय बढाउनु पर्ने देखिन्छ , नगरप्रमुख वडले भने, ‘ सेवा प्रदायक संस्थालाई पनि सुझव दिएका छौं ।’
बैदेशीक राजगारीलाई ब्यबस्थीत र सुरक्षित बनाउनका लागि धनगढी उप–महानगरपालिका , टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा सुरक्षित आप्रवाशन ( सामी) सुरक्षित बैदेशीक रोजगार सम्वन्धी परियोजना संचालन हुदै आएको छ । परियोजना चारवटै स्थानीयतहको समन्वय तथा हेल्भेटास सामी र ट्रेस प्रा.लीको साझेदारीमा काम भैरहेको छ ।
ट्रेस प्रा.लि.का अध्यक्ष छत्रबहादुर बमले जती सक्दो कार्यक्रमलाई प्रभावकारी बनाउन संस्था लागिपरेको बताए । बैठकको सहजीकरण परियोजना फोकल ब्यक्ति तथा धनगढी उप–महानगरपालिका सामुदायीक विकास शाखा प्रमुख टंक बिष्टले गरेका थिए ।