धनगढी, २५ असार/ साँफे-मार्तडी सडकखण्ड पहिरोका कारण पुनः दुइदिनदेखि अवरुद्ध बनेको छ । बाजुराको मुख्य सडक मानिएको साँफे-मार्तडी सडकखण्ड अन्तरगतको बल्देमा लगातार वर्षापछि आएको पहिरोले सडक बिहीबार देखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुधबार राती आएको अविरल बर्षासंगै बुढीगंगा नगरपालिका वडा नं १ बल्देमा आएको पहिरोका कारण बिहीबार बिहानबाट पुनः अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साँउदले जानकारी दिए । उनका अनुसार बल्देमा पहिरोपछि सडक डिभिजन कार्यालय अछामद्वारा स्काभेटर प्रयोग गरि पहिरो हटाउने काम भैरहेको र १र२ दिनमै सडक संचालनमा आउने बताइएको छ ।
लगातारको वर्षासंगै ठाउँ(ठाउँमा आएको पहिरोका कारण यसअघि पनि करिब २ दुई साता बढी सडक अवरुद्ध बनेको थियो । भने अवरुद्ध बनेको साता दिनपछि पुनः पहिरोका कारण साँफे(मार्तडी सडकखण्ड अवरुद्ध बनेको हो ।बाजुराको मुख्य सडक पटक(पटक अवरुद्ध हुँदा यहाँका स्थानीय उपभोक्ता मारमा परेका छन् भने व्यापारीले पनि सामान ओहोरदोर गर्न सास्ती भोग्नु परेको बताउँदै आएका छन् । पटक( पटक साँफे (मार्तडी सडकखण्ड अवरुद्ध भइरहँदा पनि सरोकारवाला निकाय भने यसको बैकल्पिक सडक विस्तारका विषयमा मौन देखिएको पाइएको छ ।
