धनगढी, १० असार
धनगढी उपमहानगरपालिकाले सातौं नगरसभामा डाक्टर खगेन्द्रबहादुर बमलाई सम्मान गरेको छ ।
नगरको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै नगरसभामा डाक्टर बमलाई सम्मान गरिएको हो ।
उनलाई नगरप्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट र प्रमुख प्रशासकिय अधिकृतले दोसल्ला, सम्मानपत्रले सम्मान गरेका थिए ।
अहिले सुदूरपश्चिम प्रदेश आयूर्वेद निर्देशनालयको निर्देशक रहेका डाक्टर बमले ३ बर्ष धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाको प्रमुख भएर काम गरेका थिए । सम्मानपत्र प्रदान गर्दै नगरप्रमुख वडले डाक्टर बमले उपमहानगरपालिकालाई ठूलो योगदान पु¥याएको बताए ।