धनगढी ३ असार/धनगढीमा अजिङ्गरको उद्दार गरिएको छ। धनगढीको बेलाबाट अजिङ्गरको उद्दार गरिएको हो। बिहीबार दिउँसो १ बजेतिर स्थानियले गाईगोरु चराउने बेला अजिङ्गर फेला परेको थियो। डिभिजन कार्यालय कैलालीको गस्ति टोलीले उक्त अजिङ्गरको उद्दार गरेको हो।
१ दशमलव ५ मिटरको लम्वाई रहेको बताइएको छ। अजिङ्गरलाई शिवपुरी नजिक रहेको घाइते तथा टुहुरा वन्यजन्तु उद्दार केन्द्रमा राखिएको छ वन अधिकारकर्मी देवबहादुर सेटीले जानकारी दिए ।