एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह डी को एक खेल र समूह ई को दुई खेलहरु हुनेछ ।
सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । समूह डी को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६: ४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन । चेक रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ ।आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ई मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।
समूह ई मा रहेका स्पेन र पोल्याण्डबीचको खेल सेभियामा हुनेछ । घरेलु मैदानमा स्पेन जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पोल्याण्ड पनि पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ । स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि जितिसकेको छ । स्पेन यस पटक पनि आफ्नो गर्विलो इतिहास कायम राख्न चाहन्छ ।