बाजुरा: बाजुराको दुुर्गम गाउँमा एक घर एक धारा निर्माण भएका छन् । स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ छापु र सोही गाउँपालिकाको वडा नम्बर ५ जेरा गाउँमा घरपिच्छे धारा निर्माण क्रममा रहेका छन् ।
त्यस्तै, गौमूल गाउँपालिका वडा नम्बर ३ माझपाली र वडा नम्बर १ अम्लिस गाउँमा एक घर एक धारा निर्माण भएर खानेपानीको सुविधा पुगेको हो । गाउँपालिका, ग्रामीण जलस्रोत परियोजना तेस्रो चरण, फिनल्यान्ड सरकाररयुरोपियन युनियन र जनश्रमदानमा एक घर एक धारा निर्माण भएको हो । एक घर एक धारा निर्माण भएपछि पानीको सास्ती भोग्दै आएका स्थानीयलाई सहज भएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ छापुमा ७५ घरधुरी र सार्वजनिक कार्यलयमा समेत गरी ७७ वटा धारा निर्माण गरेर खानेपानी सञ्चालनमा आएको खालुखोरे निजी धारा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष अक्कलनाथ योगीले बताए ।